|
फाल्गुन २, २०८२
काठमाडौं, फागुन २ — आज विश्वभर मनाइने प्रेम दिवसका रूपमा चिनिने ‘भ्यालेन्टाइनस डे’ नेपालमा पनि उल्लासका साथ मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी १४ मा पर्ने यस अवसरमा प्रेमी–प्रेमिकाले एक–अर्काप्रति स्नेह व्यक्त गर्दै उपहार साटासाट गर्ने चलन बढ्दो छ।
पछिल्ला वर्षहरूमा विशेषगरी शहरी क्षेत्रमा युवायुवतीले यस दिनलाई विशेष अवसरका रूपमा लिन थालेका छन्। मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने तथा सम्बन्धलाई अझ प्रगाढ बनाउने दिनका रूपमा यसको महत्व बढेको देखिन्छ।
रातो गुलाबलाई प्रेमको प्रतीक मानेर शुभकामना आदान–प्रदान गर्ने, भेटघाट गर्ने तथा सामाजिक सञ्जालमार्फत सन्देश पठाउने प्रचलन व्यापक बन्दै गएको छ। प्रविधिको पहुँचले टाढा रहेका जोडीलाई पनि यो दिन उत्साहपूर्वक मनाउन सहज बनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्