|
माघ २९, २०८२
काठमाडौं, माघ २९ — कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सुँगुर तथा बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढेकाले किसानलाई सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयका अनुसार यस रोगविरुद्ध हालसम्म खोप उपलब्ध छैन। त्यसैले फार्ममा कडाइका साथ जैविक सुरक्षा अपनाउन र अस्वाभाविक रूपमा सुँगुर मरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरिएको छ।
उच्च ज्वरो, छालामा रातोपन वा निलो धब्बा, खाना नखाने जस्ता लक्षण देखिन सक्ने बताइएको छ। रोग मानिसमा नसर्ने भए पनि पशुमा मृत्युदर उच्च रहने विज्ञहरूले बताएका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्