|
माघ २६, २०८२
काठमाण्डौँ । निजी क्षेत्रद्वारा सञ्चालित वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले डेढ वर्षपछि उडान अनुमति पाएको छ।
२०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि नेपाल उड्डयन प्राधिकरणले सौर्यको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट (एओसी) अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
जहाज सि–चेक भन्ने विस्तृत निरीक्षणको लागि काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
दुर्घटनामा परेको जहाजमा १९ जना यात्रुमध्ये क्याप्टेन मनिष शाक्य बाहेक १८ जनाको ज्यान गएको थियो ।
जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।
माघ ४ गते प्राधिकरणले सौर्य एयरलाइन्सको एओसी नवीकरण र यसअघिको निलम्बन समेत फुकावा गरेको छ ।
यो नवीकरणको अवधि सन् २०२७ सम्म रहेने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्