चुरे फेदीको बस्तीमा बाघको आतंक, गोठ र आँगनमा आक्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २४

कञ्चनपुर — कृष्णपुर नगरपालिका–१ चुरे फेदीको दोमिल्लामा स्थानीय बस्तीमा बाघले आतंक सिर्जना गरेको छ। विगत पाँच दिनदेखि अम्रिसो बगान नजिकैको क्षेत्रमा डमरुसहितको बाघले बाख्रा र कुकुर तानेर मार्न थालेको छ।

सामुदायिक वनका अध्यक्ष ईश्वर बुढाका अनुसार हालसम्म कमल बागका बाख्रा र धर्मसिंह महरा तथा प्रेमबहादुर रावतका कुकुर बाघको शिकार बनेका छन्। बाघ बस्ती नजिकै देखा परेपछि सामुदायिक वन प्रवेशमा रोक लगाइएको छ।

स्थानीयलाई उच्च सतर्कता अपनाउन र जीउधनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायमा जानकारी दिइसकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *