काठमाडौँको सिनामंगलस्थित गैरीगाउँमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । काठमाण्डौँको सिनामंगलस्थित गैरीगाउँमा लागेको आगो नियन्त्रणमा आएको छ।

काठमाण्डौँका प्रहरीका अनुसार करिब एक घण्टाको प्रयासमा केहीवेर अघि आगलागी नियन्त्रणमा आएको हो ।

अहिले क्षतिको विवरण संकलन भइरहेको काठमाडौँ प्रहरीका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

विभिन्न क्षेत्रबाट आएको दमकल, सुरक्षा निकाय र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिएका हुन् ।

मंगलवार दिउँसो गैरीगाउँस्थित काठ गोदाममा आगलागी भएको थियो। आगलागीको कारण खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *