|
२०८२ पुष २२
काठमाण्डौँ । अझैसम्म शीतलहर सुरु भइसकेको छैन । तर, पनि समग्र तराई भेगका बासिन्दा अत्यन्त चिसो बढेको महसुस गरेको बताउँछन् । हप्तौंसम्म घाम नलागेकाले त्यहाँको जनजीवन प्रभावित बनेको उनीहरूको अनुभव छ ।
पुसको ६/७ गतेदेखि घाम लागेको छैन । मंसिर १५ गते अलिकति देखा पर्याथ्यो। अरू बेला त कुहिरोले ढाक्छ । तराई कठ्यांग्रिदो छ नि १’ खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ले नेपालगन्जको मौसमबारे अन्नपूर्णलाई सुनाए। करिब ३ साता हुनै लाग्दा पनि घाम नलागेकाले स्थानीयको जनजीवन, बालीनाली, यातायातमा प्रभाव पारिरहेको उनको भनाइ छ ।
नेपालगन्जको अधिकतम तापक्रम यतिबेला १३ देखि १५ डिग्री सेल्सियस बीचमा छ भने न्यूनतम तापक्रम ६ देखि ८ डिग्री सेल्सियस बीचमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्