|
२०८२ पुष ७
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–६, धुराबजारस्थित एक घरमा आगलागी हुँदा ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको छ भने उनका ससुरा ६२ वर्षीय दुर्गामान बम्जन घाइते भएका छन्।
प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार आगलागी भान्साकोठामा दिउँसो खाजा खाने समयमा भएको थियो। बुहारीलाई आगो लागेको देखेपछि उनलाई बचाउन खोज्दा ससुरालाई पनि जलेको छ। दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाडमा चोट लागेको छ र उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।
आगलागीको समयमा घरमा मृतक सुशीला, उनका सासू, ससुरा र नन्द मात्र घरमा रहेका थिए। मृतक सुशीलाका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् र उनका दुई छोरा र एक छोरी छन्।
सिन्धुली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्