|
मंसिर १८, २०८२
काठमाडौँ : एमाले महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन्।
उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला आज यहाँ आयोजना भएको थियो। उनले पार्टी र राष्ट्रले सामना गरिरहेका चुनौतीहरू पार गर्न बलियो नेतृत्वको आवश्यकता रहेको बताए।
पोखरेलले थपे, “चुनौतीलाई पार गरेपछि नेतृत्वमा प्रतिस्पर्धा खुला हुनेछ। अहिलेको समय पार्टीलाई मजबुत बनाउने समय हो।”
कार्यकर्ताले पार्टीको रक्षा गर्ने क्षमतामा विश्वास राख्दै उनले पार्टीको नीति अहिलेको परिस्थितिमा प्रभावकारी रहेको बताए। उपत्यका प्रदेश कमिटीकी इन्चार्ज सुजिता शाक्य र अध्यक्ष प्रेम पराजुलीले महाधिवेशन सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक भएको उल्लेख गरे।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्