ज्यापू दिवस : पहिचान र माटोको सम्मान

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १८, २०८२

काठमाडौं : काठमाडौं उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले २२औँ ज्यापू दिवसमा यस पर्व केवल परिकारको लागि नभई समुदायको पहिचान र सांस्कृतिक अस्तित्वको प्रतीक भएको बताइन्।

उनी भन्छिन्, “ज्यापू दिवस हाम्रो पहिचान हो। यःमरि केवल खानाका लागि होइन, सामाजिक र सांस्कृतिक महत्त्व पनि राख्छ।”

कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहले सांस्कृतिक सम्पदाको संरक्षणमा परम्परा, जात्रा र मौलिक संगीतको भूमिका महत्वपूर्ण भएको बताए। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका व्यक्तिहरू उपस्थित थिए र र्‍याली कार्यक्रम पनि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *