खोटाङमा दुमी किरात राईहरूको आठौँ राष्ट्रिय महाधिवेशन

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १७, २०८२

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–११, खार्मीमा दुमी किरात राईहरूको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। नेपाल र विदेश (भारत, हङकङ, अमेरिका, बेलायत) का दुमी किरात राई सहभागी भएका थिए।

‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नारासहित सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक प्रतिवेदन पारित र भावी रणनीति तय गर्‍यो। उद्घाटन नगरप्रमुख तीर्थराज भट्टराई र पितृधामी कुबीले गरेका थिए। साकेला सिली, मारुनी नाच र मुन्दुमी बखान प्रस्तुत गरिएको थियो।

महाधिवेशनमा ९५० पृष्ठको वंशावली विमोचन गरिएको छ। संस्कृतिविद् चतुरभक्त राईलाई सम्मान गरिएको छ। कार्यक्रममा स्थानीय नेताहरू, पुर्खा, संस्कृतिविद् र कुबीहरू उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *