सोलुखुम्बुद्वारा एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ११

सोलुखुम्बु। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

निर्वाचन समितिको पहलमा जिल्लाका सबै क्लस्टरबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको एमाले सोलुखुम्बुले जनाएको छ।

समितिले दिएको जानकारी अनुसार मंसिर २७ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनका लागि खुला तर्फ बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला, उत्पीडित तर्फ डी.बी. रानापाल, महिला तर्फ कल्पना राई र मोहन कुमारी कार्की तथा ४० वर्ष मुनिका युवाबाट जगन्नाथ बास्तोला प्रतिनिधि चयन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *