काठमाडौं । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान उद्घाटन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायबारे व्यक्त गरेको टिप्पणीप्रति मुस्लिम अगुवाहरूले कडा आपत्ति जनाएका छन्। उनका अभिव्यक्ति संकीर्ण, तथ्यहीन र सामाजिक सद्भावलाई असर पार्ने प्रकारका रहेको भन्दै विभिन्न मुस्लिम संस्था, महिला अगुवाहरू तथा नागरिक अभियन्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले केही मुस्लिम देशहरूमा महिलामाथि हुने व्यवहारको उदाहरण दिँदै ऐतिहासिक सन्दर्भ प्रस्तुत गरेकी थिइन्, तर सरोकारवालाहरूले उनका भनाइले सिङ्गो समुदायलाई दोषारोपण गरेको आरोप लगाएका छन्। मुस्लिम आयोग, मुस्लिम महिला समाज तथा विभिन्न सामाजिक व्यक्तित्वहरूले प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन र माफी माग्न आग्रह गरेका छन्।
सरकारले महिलाको हक–अधिकारका विषयमा संवेदनशील रहनुपर्ने बताउँदै Muslim समुदायका अगुवाहरूले भविष्यमा यस्ता टिप्पणी नगर्न चेतावनीसमेत दिएका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्