काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाण्डौंमा पठाउन थालिएको छ । एकसातादेखि अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाण्डौँमा पठाउन सुरु भएको हो ।
गएराति आन्दोलनरत स्थानीय र सरकारबीच भएको वार्ता सफल भएपछि अवरोध हटाएर पानी पठाउन थालिएको मेलम्ची बाढी पीडित संघर्ष समितिले जनाएको छ । वार्ता सफल भएपछि आन्दोलनरत पीडितहरूले मुहान क्षेत्र खुला गर्ने सहमति जनाएका थिए । मंगलबार सहमति भएसँगै आज मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र ९हेडवक्र्स० जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरुबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेण्डर आह्नाव गरेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्