नुम्बुर भोकेशनल तालिम केन्द्रको उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

सोलुखुम्बु । नुम्बुर भोकेशनल तालिम केन्द्रको औपचारिक उद्घाटन आज हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा स्थापित नुम्बुर भोकेशनल तालिम केन्द्रको औपचारिक उद्घाटन कार्यक्रम आज आइतबार हुने भएको हो । कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सोलुदुधकुण्ड नगरपालिकाका वडा न ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

उद्घाटन समारोह सोलु–चाम नेपालका प्रतिनिधि तथा नुम्बुर भोकेशनल ट्रेनिङ सेन्टर’का अध्यक्ष को अध्यक्षतामा तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यता दातृ संस्थाको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा उद्धघाटन कार्यक्रम हुँदैछ । कार्यक्रमका लागि मञ्च, सजावट, स्वागत व्यवस्था लगायत सबै तयारीहरू पूरा भइसकेका छन् । आयोजक समितिका अनुसार भोलिको कार्यक्रम भव्य र अनुकरणीय बनाउन सम्पूर्ण पक्ष जुटेका छन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी सरकारी निकायका प्रतिनिधि, सरोकारवाला निकाय, समाजसेवी तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको २० प्रतिशत र सोलु चामको ८० प्रतिशत लगानीको सहकार्यमा स्थापना गरिएको यस केन्द्रले दोस्रो चरणको तालिम यहि कातिक २४ गते बाट सुरु गर्ने जनाएको छ । उक्त तालिममा १५ बर्ष देखि १९ बर्ष उमेर समुहका विद्यार्थीहरुका लागि खाना , आधुनिक प्रयोगशाला र इन्टर्नशिप सुविधा समेत उपलब्ध गराइने भएको छ । भने २० देखि ३० बर्ष उमेर समुहका विद्यार्थीहरुलाइ भने खानको मात्र ब्यवस्था गरिएको छ ।

विद्यार्थीहरूलाई अंग्रेजी भाषा, सूचना प्रविधि गणित, व्यवस्थापन र लेखा विषयको अध्ययन अनिवार्य गरिएको छ । साथै, तालिमपछि रोजगारी र उद्यमशीलता सम्बन्धी सहयोग र परामर्श पनि प्रदान गरिनेछ अक्ष्यक्ष शेर्पाले बताउनुभयो । केन्द्रको पहिलो चरणको तालिम विगत चार महिना अगाडि देखिनै सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *