सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ मा उद्घोषण तालिम सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ ६

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ मा पाच दिने उद्घोषण तालिम क सम्पन भएको छ ।
महिला लक्षित वडा कार्यलय बाट बिनियोजित एक लाख बजेट बाट ५ दिने उद्घोषण तालिम आज शनिबार समापन गरिएको सोलुदुधकुण्ड नगरपालिका ७ का वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिनुभएको छ ।


तालिमा वडा भित्रका २७ जना सहभागी रहेको थियो , भने माया शेर्पा र राधिका श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिकाकी उप्रमुख गान्धी माँया तामाङले यो कार्यक्रमले महिलाहरुमा बोल्न सक्ने मात्रै नभएर आफुमा भएका क्षमतालाई देखाउन सक्ने हिम्मत  समेत बृद्धि हुने कुरामा  आफु बिस्वस्थ रहेको बताउनुभयो । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा देखिने गरि सञ्चालन गरिने वडा सदस्य भलाकाजी कार्कीले बताउनुभएको छ ।महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले सो कार्यक्रम संचालन गरीएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *