काठमाण्डौँ । दलित अभियन्ताका रुपमा आफूलाई चिनाउने खगेन्द्र सुनारविरुद्ध जिल्लादेखि सर्वोच्च अदालतसम्म मुद्दा विचाराधीन रहको पाइएको छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीका लागि सिफारिस भएका सुनार विवादमा रहेको पाइएपछि उनको नाम काटिएको छ । उनीविरुद्ध फौजदारी कसुरमा अदालतको अवहेलनादेखि बहुविवाहसम्मका मुद्दा दर्ता भएका छन् ।
अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरेकी थिइन् । रुकमका नवराज विक हत्या प्रकरणमा अदालतको फैसलाको विषयलाई लिएर न्यायाधीशविरुद्ध गालीगलौज गरेको भन्दै गौतमले अदालतको अवहेलनामा मुद्दा दर्ता गरेकी थिइन् । सर्वोच्चमा दायर भएको सुनारविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।
सुनारले सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानलाई पनि गालीगलौज गरेर सामाजिक सञ्जालमा लेखेका थिए, त्यसपछि अदालतले टिप्पणी उठाएर मुद्दा दर्ता गरेको थियो । उनले अदालतमा मुद्दा दर्ता गर्ने अधिवक्ता गौतममाथि पनि गालीगलौज गरेका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्