|
२०८२ कार्तिक २
उदयपुर । चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणिकादेवी दुलाललाई स्थानीयले लखेटेका छन् ।
आइतबार चौदण्डीगढी नगरपालिका–९ र १० नम्बर वडाले हडियामा आयोजना गरेको तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय युवाहरुले ‘भ्रष्ट जनप्रतिनिधि बहिष्कार गरौं’ भन्ने नारा लगाउँदै मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई लखेटेका हुन् ।
शुभकामना आदानप्रदान कार्यक्रम सुरु हुनासाथ स्थानीय जेन–जी युवाहरुले कार्यक्रम स्थलमा मेयर र उपमेयरलाई भ्रष्ट जनप्रतिनिधि भन्दै नाराबाजी गरेका थिए । उनीहरुले कार्यक्रम स्थलमा टाँसिएको व्यानर, माईक र कुर्सी मिल्काउन थालेपछि मेयर र उपमेयर कार्यक्रम स्थल छाडरे भागेको वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश राउतले बताएका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्