रसुवा विपद्पछि सरकारको कामबारे नेकपाले छलफल गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रसुवामा बाढीपहिरोपछि सरकारबाट भइरहेका राहत, उद्धार र पुनर्स्थापनाका कामबारे समीक्षा गर्ने भएको छ।

यसका लागि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक आज दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा विपद्पछि पार्टीले निर्वाह गरेको भूमिका तथा आगामी कदमबारे पनि छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले बताएका छन्।

बैठकबाट सरकारलाई राहत तथा पुनर्स्थापनासम्बन्धी सुझावसमेत दिइनेछ। साथै पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था र पार्टीका आन्तरिक संगठनात्मक विषयमा पनि छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *