तीन सचिवको सरुवा : गृह, रक्षा र योजना आयोगमा हेरफेर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौँ : सरकारले तीन जना उच्च पदस्थ सचिवहरूको सरुवा गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्रोतका अनुसार गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो।

गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ भने, उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा ल्याइएको छ। यस्तै, रक्षासचिवको जिम्मेवारी अब योजना आयोगबाट सरुवा भएका सुमनराज अर्यालले सम्हाल्नेछन्।

यो सरुवाले गृह, रक्षा र योजना आयोगका नेतृत्वमा नयाँ अनुहार ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *