प्रतिनिधिसभा विघटन असंवैधानिक र स्वेच्छाचारी : नेपाल बार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

काठमाडौं — नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै कडा विरोध जनाएको छ। शनिबार विज्ञप्ति जारी गर्दै बारले राष्ट्रपतिको निर्णय संविधान, कानूनको शासन र सर्वोच्च अदालतको अघिल्लो फैसला विपरीत रहेको बताएको छ।


बारले उक्त कदमले लोकतन्त्र, गणतन्त्र र समावेशी संघीयता जस्ता उपलब्धिहरू खोस्ने प्रयास भएको भन्दै खण्डन गरेको छ। लोकतान्त्रिक संस्थाप्रति जनविश्वास घटाउने यस्ता कार्यको विरोध गर्दै, संविधानको पूर्ण पालना र लोकतन्त्रको पुनर्स्थापनाको माग समेत गरिएको छ।


बारले सबै सरोकारवालालाई संवैधानिक मर्यादा पालना गर्न र लोकतान्त्रिक उपलब्धि जोगाउन सचेत रहन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *