|
२०८२ भाद्र २७
२७ भदौ, काठमाडौं — नेपाल बार एसोसिएसनले संविधान संरक्षणको माग राख्दै शुक्रबार देशभर प्रदर्शन गर्ने भएको छ।
अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार दिउँसो १ बजे देशभरका बार इकाइहरूले र बेलुकी ५ बजे काठमाडौं रामशाहपथबाट केन्द्रीय स्तरमा प्रदर्शन हुनेछ।
बारले कर्फ्यूको समय सकिएपछि प्रदर्शन गर्ने तयारी गरेको हो। कानून व्यवसायीहरू संविधान हातमा लिएर सडकमा उत्रिनेछन्।
बारले राष्ट्रपतिलाई ध्यानाकर्षण गराउँदै हालको संविधानभित्रैबाट राजनीतिक निकास खोज्न सुझाव दिएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्