गोँगबु बसपार्कबाट सवारी सञ्चालन शुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

काठमाडौं: गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस आजदेखि पुनः सञ्चालनमा आएका छन्।

भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण लगाइएको निषेधाज्ञा र कर्फ्युपछि बन्द भएका सार्वजनिक सवारीहरू क्रमशः संचालनमा आउन थालेका हुन्। ल्होत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले बिहान ७ देखि १० बजेसम्म दर्जनौँ सवारीहरू उपत्यकाबाट बाहिरिएको जानकारी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विषम परिस्थितिमा सवारी नचलाउन निर्देशन दिएको थियो भने अहिले स्वतःस्फूर्त रूपमा सवारीहरू संचालनमा आएका हुन्। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय गरेर संस्थागत रूपमा सवारी सञ्चालनको व्यवस्था गर्ने तयारी भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *