काठमाण्डौँ । सेवाका लागि धन होइन, मन चाहिने चाहिन्छ । हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका छन् ।
उनी हुन् पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्याल, उनले क्यान्सरका बिरामीलाई सेवा गर्दै आएका छन् । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।
पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ । त्यसैले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताए । बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैले बस–बसमा गएर खबर गर्छन् ।
दस बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् भने उनले एकजना बिरामीको भाडा लिँदैनन् । बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पु¥याउने गरेका छन् । त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउँछन् र त्यही आम्दानीले परिवार चलाउँछन् ।
विदेश जाने तयारीमा रहेका अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको बताए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्