×

पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढ्दो

जेष्ठ १२, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् । राजावादीहरुले यही जेठ १५ गते राजसंस्था पूनःस्थापनाको लागि बृहत्त आन्दोलन गर्ने दिन नजिकिएसँगै शाहले पनि आफ्नो सक्रियता बढाएका हुन् ।

यसअघि उनले तारे होटल सोल्टीमा राजावादी आन्दोलनका अगुवाहरूसँग सामूहिक लञ्च–मिटिङ गरेका थिए । शनिबार भने पूर्वराजा शाह सपरिवार नारायणहिटी दरबार परिसरमा धार्मिक कार्यको लागि पुगेका थिए ।

पत्नी कोमल र नाति हृदयेन्द्रसहित पुगेका ज्ञानेन्द्रले दरबार परिसरमा रहेको चतुव्र्युह धाम नारायण मन्दिरमा पूजाअर्चना गरेका हुन् । सो अवसरमा नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले शाह परिवारलाई स्वागत गरेका थिए । देशव्यापी भ्रमण गरेपछि शाहले गत माघबाट सक्रियता ह्वात्तै बढाएका छन् ।

पोखराबाट काठमाडौं आउने क्रममा हजारौंको संख्यामा उनका समर्थकहरुले काठमाडौं एयरपोर्टमा स्वागत गरेका थिए । त्यसपछि चैत्र १५ गते तिनकुनेमा राजावादीहरुको प्रदर्शन थियो । तर, त्यो प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसदिन दुई जना युवाको ज्यान गएको थियो । अहिलेपनि तिनकुने घट्नामा दुर्गा प्रसाईं प्रहरी हिरासतमा छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भर्खरै हाजिरी जमानीमा रिहा भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: