×

बल्खुमा राप्रपाको खबरदारी सभा

चैत्र २५, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । जय राष्ट्रवाद’को नारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खबरदारी सभा गरेको छ । राप्रपाले ‘व्यवस्था बदलौँ,अवस्था बदलौँ’ भन्दै भ्रष्टाचार र कुशासनविरुद्ध काठमाडौँको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा गरेको हो ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् ।

पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् । सभालाई सहभागी शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । नेताहरूले सम्बोधन गर्नुअघि कार्यक्रमस्थलमा विभिन्न बाजासहित पञ्चे बाजा समेत बजाइएको छ ।

गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई मध्यनजर गर्दै प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

त्यस्तै राप्रपाले प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै स्वयंसेवकहरू पनि तैनाथ गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: