दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगियाे

DaksuMedia दाक्सु मिडिया
|
२०८० फाल्गुन २३

काठमाडौं – दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ । हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो । बुधबार फेरि ५ सय रुपैयाँ बढेपछि अर्को उच्च रेकर्ड कायम भयो । बुधबार सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

फागुनको ३ गते तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको सुन २० दिनमै ७ हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमै छोटो समयमै उच्च दरले मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४४५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४४० रुपैयाँमा झरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *