×

नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो विकेट लियाे

फाल्गुन १६, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । १२.६ ओभरमा स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा रन आउट भएका हुन् ।

पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।

उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १२३ रन छ । यसअघि ८.६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई ५४ रनमा विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराएका थिए ।

करण केसीले म्याक्स ओडाउडलाई ४ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका थिए । त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: