×

ऐतहासिक शतक हान्न चुकेका कुमालले आफूले सोचे जस्तो सट नलागेको बताए

माघ ८, २०८० | दाक्सु मिडिया

काठमाडौं – आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ऐतहासिक शतक हान्न चुकेका नेपाली यू-१९ क्रिकेट टोलीका युवा ब्याटर अर्जुन कुमालले आफूले सोचे जस्तो सट नलागेको बताएका छन् । अर्जुनले सोमबार अनलाइनलखबरसँग कुराकानी गर्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

‘एक एक रन लिएर शतक बनाउछु भन्ने सोचेको थिए । तर त्यो भएन । त्यो खराब बल थियो । तर त्यसलाई सोचे जस्तो सट लागेन’, अर्जुनले शतकबाट चुकेपछि भने ।

एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा शर्ट बल खेल्नेक्रममा अर्जुन थर्डम्यानमा न्युजिल्यान्डका फिल्डर रोबी फाउल्केसबाट क्याच आउट भए ।

२०१२ को यू-१९ विश्वकपमा प्रदीप ऐरीले नामिबियाविरुद्ध ९८ रन बनाएका थिए । त्यो नै कुनै पनि नेपाली ब्याटरले विश्वकपमा हानेको ब्यक्तिगत उच्च स्कोर हो ।

अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाए । ‘९० बनाएपछि अब शतक बन्छ भन्ने लागेको थियो । त्यो चाहिँ भएन । मेरो लागि दुर्भाग्य थियो । मैंले थर्डम्यानमा होइन प्वाइन्टमा हान्न खोजेको थिएँ । तर टप एज लागेर थर्डम्यानमा गयो’, उनले भने ।

त्यसैमा उनले थपे, ‘शतकबाट चुकेपछि नराम्रो अनुभव भयो । गुरुले पनि तलाई विश्वकपमा पहिलो शतक बन्ने नेपाली खेलाडी अवसर थियो गुमायौं भन्नुभयो । शतक हानेको भए अर्को माहोला हुन्थ्यो । मेरो लागि त्यो दुःखद क्षण थियो । अझै पनि खेल छन् । त्यसमा ध्यान दिन्छु । शतक हान्न प्रयास गर्छु ।’

अर्जुनले न्युजिल्यान्डका स्पिनर स्नेहित रेड्डीलाई ३४ औं ओभरमा लगातार चार चौका प्रहार गरेका थिए । उसले कमजोर बल गर्दा त्यसको फाइदा उठाएको अर्जुन बताउँछन् । ‘त्यसरी आक्रामक क्रिकेट खेल्छु भन्ने मेरो योजना चाहिँ थिएन । तर उसले कमजोर बल गरेपछि त्यसको फाइदा उठाएँ । अनि लाग्यो’, उक्त ओभरबारे उनले भने ।

नेपालले जितको लागि ३०३ रनको विशाल लक्ष्य पाएको थियो । त्यति ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङमा जानुअघि आफ्नो सोच अन्तिम सम्म लगेर जाने भएको उनले बताए । ‘उक्त लक्ष्य पछ्याउँदा मेरो सोच जति हुन्छ अन्तिम समय सम्म लगेर जाने थियो । योजना अनुसार गएको पनि थिए । अर्कोतर्फबाट विकेट पनि गयो’, अर्जुनले भने । नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: