×

माप्य दुधकोशी – ४ मा महिला तथा पुरुष भलिबल खुल्ला डबल ब्याटमिन्टन खेल निरन्तर हुदैँ

माघ ३, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका – ४ काँकु डाँडा गाँउमा वडा स्तरीय महिला तथा पुरुष भलिबल र खुल्ला डबल ब्याटमिन्टन खेल निरन्तर भइरहेको छ । सानो फुलबारी सामुदायिक संस्थाको अयोजनामा हिजोदेखि गाउँपालिकाको वडा नंं. ४ काँकु, डाँडामा प्रतियोगिता सुरू भएको हो ।

गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राई लगाएत विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा यस र्कायक्रम सञ्चालन भइरहेको छ । भलिबल प्रतियोगितामा सोलुखुम्बु जिल्लाव्यापी नयाँ संरचनाअनुसारको खेलकुद तथा सांगितिक कार्यक्रम भइरहेको आयोजकले जनाएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि आएका खेलाडी तथा दर्शकको बाक्लो उपस्थितीमा रमाइलो सांगितीक कार्यक्रमको साथमा यो कार्यक्रम भइरहेको धन कुमार राईले बताउनु भएको छ । भलिबलमा महिला पुरूष गरि ३० टिम र ब्याटमिन्टनमा ४० टिम रहेका छन । सांस्कृतिक कार्यक्रमहरु तर्फका सहभागीले पनि आज नाम दर्ता गराइ सकेको आयोजकले बताउनुभएको छ ।

सानो फुलबारी सामुदायिक संस्थाले संञ्चालन गरेको प्रतियोगितामा आज आयोजक टिम लगाएत, सगरमाथा यातायात प्रा.ली., सोलु,सोताङ वडा नं. ५,माप्य गाँउपालिका- ४ का खेलाडीहरूले प्रतिस्प्रधा गरेका छन । आज बेलुका सांगितिक साँझको कार्यक्रम पनि रहेको आयोजकले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: