×

माप्य दुधकोशी-४ मा महिला तथा पुरुष भलिबल र डबल ब्याटमिन्टन खेल आजबाट सुरू

माघ २, २०८० | दाक्सु मिडिया सम्वाददाता

माप्य दुधकोशी गाउँपालिका – ४ डाँडा गाँउमा वडा स्तरीय महिला तथा पुरुष भलिबल र खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता सुरू भएको छ । सानो फुलबारी सामुदायिक संस्थाको अयोजनामा आजदेखि गाउँपालिकाको वडा नं. ४ काँकु, डाँडामा प्रतियोगिता सुरू भएको हो ।

यस कार्यक्रमलाई गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईले उद्धघाटन गर्नु भएको छ । भलिबल प्रतियोगितामा सोलुखुम्बु जिल्लाव्यापी नयाँ संरचनाअनुसारको खेलकुद तथा सांगितिक कार्यक्रम औपचारिक रूपले उद्धघाटन भएको आयोजकले जनाएका छन् । अहिले प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता भैसकेको र आज ३ टिमको खेल हुने धन कुमार राईले बताउनु भएको छ । भलिबलमा महिला पुरूष गरि ३० टिम र ब्याटमिन्टनमा ४० टिम रहेका छन । यसका साथै सांस्कृतिक कार्यक्रमहरु पनि रहेको छ । यसका लागी भने भोली सम्ममा नाम दर्ता गराइसक्नुपर्ने आयोजकले बताउनुभएको छ ।

सानो फुलबारी सामुदायिक संस्थाले आज उद्धघाटन कार्यक्रमकै दिन संस्थालाइ विभिन्न रूपले सहयोग गर्ने ब्यक्तित्वहरूलाइ स- सम्मानको रूपमा कदर पत्रले सम्मान गर्दै आजको औपचारिक रूपले उद्धघाटन भएको छ । सब्य र भब्य रूपले सफल पारौँ भन्दै विभिन्न ब्यक्तित्वको शुभकामना मन्तव्य राख्दै यो कार्यक्रम उद्धघाटन भएको छ ।

https://www.facebook.com/milanrai.info/videos/7165887020170772

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: