×

सोलुखुम्बुको माप्य गाउँपालिकामा वडा स्ततिय महिला तथा पुरुष भलिबल खेल हुदै

मंसिर २०, २०८० | दाक्सु मिडिया

सोलुखुम्बुको माप्य गाउँपालिकामा वडा स्ततिय महिला तथा पुरुष भलिबल खेल हुने भएको छ । यसका साथै डबल ब्याड्मिन्टन तथा स्थानीय कलाकारको बृहत साङ्गितिक साझ हुने भएको छ ।

माप्य दुधकोशी गाउँपलिका – ४ काकु डाडा गाउँमा हुन गाइरहेको खेलमा नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र बितरण गरिने ब्यवस्था रहेको छ । उक्त खेलमा उत्कृष्ट खेलाडीलाई ट्रफि मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ ।

यहि माघ २ गतेबाट सुरु हुने खेलमा सोलुखुम्बु बासी सम्पुर्ण वडाका खेलाडीले सहभागी हुन पाउनु हुनेछ । सम्पुर्ण खेलमा सहभागीले खेलाडीले माघ १ सम्ममा आफ्नो नाम लेखाइ सक्नु पर्ने नियम रहेको छ साथै नाम अनलाइन मार्फत पनि टिपाउन सकिने आयोजकले बताएका छ्न ।

सानो फुलबारी सामुदायिक सस्थाको आयोजनामा हुन गइरहेको यस कार्यक्रममा चर्चित कलाकारहरुको पनि बेजोड प्रस्तुति सहितको मनोरञ्जनात्मक कार्यक्रम रहेको अध्यक्ष धन कुमार राईले बताएका छ्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: