×

होलीमा ‘सर्खारको सर ‘

चैत्र ४, २०७८ | दाक्सु मिडिया

४ चैत, काठमाडौं – फागुपर्वको अवसर पारेर बिहीबार कमेडी टेलिसिरियल ‘सर्खारको सर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

राजनीतिक विकृति र सामाजिक घटनालाई चित्रण गर्ने बताइएको यो सिरियललाई सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेनमेन्टले निर्माण गरेको हो । विनय पौडेलले सिरियल निर्देशन गरेका हुन् ।

सार्वजनिक फस्टलुकमा सिरियलका तीन जना मुख्य कलाकार दीपक आचार्य, रविन्द्र झा र सीपी पुडासैनीलाई फिचर्ड गरिएको छ ।

रघुनाथ सापकोटा र लीला केसीको निर्माण रहेको सिरियलमा लीला केसी, जगदीश्वर अधिकारी, प्रतिशा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ र सुरज अधिकारीको पनि अभिनय छ ।

नवराज भण्डारी सहनिर्माता रहेको सिरियलको केही दिनमा ट्रेलर सार्वजनिक गरिने र प्रदर्शन मिति पनि सार्वजनिक गर्ने निर्माता सापकोटाले जानकारी दिए । सिरियलको डिजिटल पार्टनर डीएआर मुभिज रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: