थपिए ७०८ कोरोना संक्रमित, ११ को मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ५

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २५३ जनाको पीसीआर परीक्षणमा ५७४ र २ हजार १२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *