३६५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २७

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ६७१ जनाको पीसीआर परीक्षणमा ३२६ र २ हजार १९२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६०९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *