दाङ, रोल्पा, प्यूठानमा भारी वर्षा, राप्ती तटका बस्तीलाई सुरक्षित रहन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ३

नेपालगञ्ज – लगातारको झरीको कारण राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि नदी तट क्षेत्रका बस्तीमा उच्च सर्तकता अपनाउन सूचना प्रवाह गरिएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा रहेको बाढी मापन केन्द्रमा बुधबार बिहान साढे ११ बजेसम्म पानीको सतह बढेर पाँच मिटर ३० सेन्टिमिटर पुगेको जिल्ला बिपद् सूचना व्यवस्थापन केन्द्रका सुचना अधिकारी रुपन ज्ञवालीले जानकारी दिए ।

राप्ती नदीमा पानीको सतहले पाँच मिटर पार गर्दा सर्तक रहनु पर्ने र साढे पाँच मिटर पार गर्दा नदी तटका गाउँहरू डुबानको जोखिममा पर्ने भएकोले सुरक्षित स्थानमा जान सूचना प्रवाह गरिएको हो ।

‘‘नदीमा पानीको सतह खतराको चिन्ह नजिकै पुग्न लागेकाले तटीय क्षेत्रका गाउँमा सर्तकता अपनाउन सूचना प्रवाह गरेका छौ । केही समस्या परे प्रहरी, सशस्त्र प्रहरी र सेनालाई खोज तथा उद्दार कार्यका लागि तयारी अवस्थामा राखेका छौं’ बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने ।

दाङ, रोल्पा, प्यूठानमा भएको वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्ने र खासगरी बाँकेको राप्तीसोनारी र डुडुवा गाउपालिकका केही वडाहरू डुबान, कटानको जोखिममा पर्ने गरेका छन् ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *