काठमाडौं । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पु¥याउनुभएका उहाँ सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।
नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उहाँको अथक योगदान रहेको थियो । उहाँका दुई छोरी र एक श्रीमती हुनुहुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया