टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएसभीआई टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेक्शन –आरटीएफआई)लाई नेपालमा ल्याएकोे छ ।
कम्पनीले बीएसभीआई एफअँई प्लेटफार्मको दुई संस्करणहरू RTFI-Race Tuned Fuel Injection र EFI–Ecothrust Fuel Injection विकसित गरेको छ ।
आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तहरूमा एक रमाइलो रेसिङ अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
टीभीएस एनटर्क नेपालकै सर्बाधिक बिक्री हुने १२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीको दाबी छ ।
टीभीएस एनटर्क १२५ स्कुटर उद्योगको कनेक्टिविटी, उर्जा र शैलीको नयाँ युगमा शुरू भएको कम्पनीले जनाएको छ ।
बीएसभीआई एडिसनले राम्रो प्रदर्शन र एक स्मुथ सवारी अनुभवको साथ यसलाई पुनः परिभाषित गर्ने र नयाँ एडिसनले स्कूटरको लागि ५.८ लिटरको फ्युल ट्यांक प्रदान गर्द कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय बिजिनेश टीभीएस मोटर कम्पनीका अध्यक्ष आर दिलिपले भने, “टीभीएस एनटर्क १२५ ले जेनेरेशन जेडको लागि रोचक, शक्तिशाली, जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कूटर उपभोक्ताहरूको अपेक्षालाई नयाँ परिभाषा दिएको छ ।
यो नेपालमा सबैभन्दा धेरै मन पराइएको र स्वीकृत स्कूटर ब्रान्डको रूपमा चिनिएको छ ।’
त्यस्तै, जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “आज टीभीएस एनटर्क १२५ बीएसभीआईलाई नेपालमा ल्याउन पाउँदा हामी निकै खुसी छौं ।
स्मार्ट स्कूटर आरटी–एफआई समावेशको साथ एक बेस्ट–इन–क्लास स्वामित्वको अनुभव सिर्जना गर्न डिजाइन गरिएको हो ।
यो लन्च टिभिएस एनटर्क १२५ को अनुभवमा निर्माण गरिएको हो र हामी हाम्रा युवा ग्राहकहरूको लागि सुरुदेखि अन्तसम्मको अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं ।”
टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया