१६ असार, काठमाडौं । अत्यधिक गर्मीका कारण क्यानडामा १३० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । क्यानेडियन प्रहरीले जनाए अनुसार त्यहाँको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकले तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । धेरैजसो अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरुले ज्यान गुमाएका हुन्।
मंगलबार क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च अर्थात् अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । क्यानडाको तापक्रम मंगलबार लगातार तेस्रो दिन नयाँ उचाइमा पुगेको हो । अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । गर्मीको कारण अमेरिकामा पनि केही मानिसले मृत्यु भएको छ ।
बीबीसीका अनुसार अमेरिकाको क्यालिफोर्नियाबाट आर्कटिक क्षेत्रतर्फ बहेको उच्च चापसहितको तातो हावाको कारण क्यानडाको पश्चिमी भाग र अमेरिकामा गर्मी बढेको हो । अहिले समुद्री किनार क्षेत्रमा भने तापक्रम घटिरहेतापनि भित्री क्षेत्रको अवस्था भने उस्तै छ ।
अमेरिकाको वासिङ्टन र ओरेगन राज्यमा पनि अत्यधिक गर्मीको कारण १० जना भन्दा धेरैको मृत्यु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया