×

भारतीय भेरियन्टको कोरोना संक्रमण नेपालमा पनि फैलिएको प्रमाणित

जेष्ठ ५, २०७८ | दाक्सु मिडिया

काठमाडौं । ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस नेपालमा पनि फैलिएको प्रमाणित भएको छ । जनस्वास्थ्यविद्हरुको अनुसार भारतमा निकै ठुलो स्वास्थ्य क्षति निम्त्याएको त्यो भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको बताउँछन् ।

गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार प्राप्त भएको नतिजामा ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ प्रमाणित भएको छ । यी दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ ।

हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएका कारण दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनद्वारा नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: