×

देशभरका विद्यालय बन्द गरि भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकको निर्देशन

बैशाख १४, २०७८ | दाक्सु मिडिया

काठमाडौं :मन्त्रिपरिषद् बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोनाको दोस्रो प्रकोप बढे सङ्गै मन्त्रिपरिषद् बैठकले अनिश्चितकालिन रूपमा विद्यालय बन्द राख्ने निर्णय गरेको छ भने साथ साथै सबै तहका परीक्षा रोकि पठनपाठन भर्चुअल विधिबाट गर्न निर्देशन दिएको छ।

मन्त्रिपरिषद् बैठकले २०० संक्रमित नाघेका पहाडी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रलाई अधिकार दिएको छ । ५०० संक्रमित नाघेका सहरी जिल्लाहरूमा पनि निषेधाज्ञा जारी गर्ने विषयमा आवश्यक निर्णय लिन डीसीसीएमसीलाई मन्त्रिपरिषद् बैठकले अधिकार दिएको छ ।

मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकमा कडाइ रुपमा निग्रानि गर्ने, स्वदेश आएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने र विदेशी नागरिकलाई होटलमा क्वारेन्टिनको व्यवस्था गराइने निर्णय भएको छ। मन्त्रिपरिषद् बैठकले हवाइ उडानलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: