×

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

फाल्गुन २१, २०७७ | दाक्सु मिडिया

काठमाडौँ : नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रतिव्यक्ति आय ११ सय ५९ डलर थियो ।

राष्ट्रिय लेखा तथ्यांकका आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००–१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्ष २०१०÷११ अनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको हो ।

एक दशक अर्थात् १० वर्षमा नेपालको अर्थतन्त्रमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । विगत १० वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १४.७ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक विभागले देखाएको हो ।

विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६–७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको अनुमान गरेको छ । आधार वर्ष परिवर्तन हुँदा नेपालको अर्थतन्त्र १४.१ प्रतिशतले बढेको हो । आधार वर्ष परिवर्तनसँगै अर्थतन्त्रको उपसूचक पनि १७ बाट विस्तार भएर २१ वटा पुगेका छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: