आज ९ सयले घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २२

काठमाडौं – नेपाली बजारमा साताको पाँचौं दिन आज (बिहीबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्दा चाँदीमा २० रुपैयाँ घटेको छ ।

बिहीबार छापावाल सुन तोलाको ९१ हजार १ सय, तेजाबी सुन ९० हजार ६ सय र चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुन ९२ हजार तेजाबी सुन ९१ हजार ५ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *