|
२०८३ आश्विन ९
रौतहट । चन्द्रपुरमा सडकमा हिँडिरहेका एक वृद्धलाई मोटरसाइकलले ठक्कर दिएर चालक फरार भएको घटना अनुसन्धानका लागि चुनौती बनेको छ। घटनामा ६५ वर्षीय सीताराम चौधरीको मृत्यु भएको छ।
बिहीबार राति चन्द्रनिगाहपुर–गौर सडकखण्डको वसन्तपुरमा नम्बर नखुलेको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकलसहित चालक फरार छन्। प्रहरीले घटनामा संलग्न सवारीसाधन र चालकको खोजी गरिरहेको जनाएको छ।
घटनास्थल आसपास नगरपालिकाले जडान गरेका सीसीटीभी प्रभावकारी रूपमा सञ्चालनमा नरहेको स्थानीयको भनाइ छ। क्यामेरा चलेको भए सवारीको नम्बर वा चालक पहिचान गर्न सहयोग पुग्ने उनीहरूको दाबी छ।
प्रहरीले भने उपलब्ध सूचनाका आधारमा दुर्घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्