|
२०८३ श्रावण १६
काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले साउन महिनाको शनिबार पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजा–आराधना गरेकी छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार उनले बिहान पञ्चामृत पूजाका लागि नौ वटा रसिद काटी भगवान् पशुपतिनाथको दर्शन गरेकी हुन्। कोषले साउन महिना भगवान् शिवको आराधनाको विशेष समय भएकाले भारतसहित विभिन्न देशबाट ठूलो संख्यामा श्रद्धालु नेपाल आउने गरेको जनाएको छ।
यस अवधिमा भारतीय विशिष्ट व्यक्तित्वहरू पनि पशुपतिनाथमा दर्शन तथा पूजा–आराधनाका लागि आउने क्रम रहने गरेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्