सामसङको नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी नेपाली बजारमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

काठमाडौं । सामसङ नेपालले एआई सुविधासहितको नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले, स्न्यापड्रागन ६ जेन–३ प्रोसेसर, ५० मेगापिक्सेल मुख्य क्यामेरा र ५,००० एमएएच ब्याट्री जस्ता विशेषता यसमा समावेश छन्।

यो स्मार्टफोन ६ जीबी/१२८ जीबी र ८ जीबी/५१२ जीबी भेरियन्टमा क्रमशः ५५ हजार ९९९ रुपैयाँ र ६९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ। ग्राहकले १२ वा २४ महिनासम्म ब्याजरहित किस्तामा खरिद गर्न सक्नेछन्। साथै, पुरानो फोन साट्दा आठ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस र १२० जीबी एनसेल डाटा पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *