|
२०८३ असार १६
काठमाडौं: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा रिटमाथि बहस हुने तय भएको हो। यसअघि सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग्दै आजका लागि पेसी तोकेको थियो।
विशेष अदालतले अनुसन्धानका लागि पौडेलको हिरासत अवधि दोस्रो पटक थप तीन दिन बढाइसकेको छ। गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमायाले असार १० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्