पुष्पा सदन बन्यो निसर्ग वारियर्स बास्केटबल लिगको विजेता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौं— निसर्ग बाटिका स्कुलद्वारा आयोजित प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप–२०२६ को उपाधि पुष्पा सदन सेकेन्डरी बोर्डिङ स्कुलले जितेको छ।

रविभबनस्थित निसर्ग बाटिका स्कुलमा सम्पन्न प्रतियोगितामा पुष्पा सदनले १२ अंकसहित शीर्ष स्थान हासिल गर्दै च्याम्पियन बन्न सफल भयो। राराहिल मेमोरियल स्कुल दोस्रो तथा स्वर्णिम स्कुल तेस्रो स्थानमा रहे।

प्रतियोगितामा एलआरआईका सुजल माडाई सर्वाधिक अंककर्ता घोषित हुँदा पुष्पा सदनका मातृका बुढाथोकी उत्कृष्ट खेलाडी चुनिए। आयोजकका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई प्रतिभा प्रदर्शन र प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *