वर्षापछि प्रभावित रास्वपा महाधिवेशन स्थलमा गृहमन्त्रीको निरीक्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आयोजना स्थलको स्थलगत अनुगमन गरेका छन्।

गएरातिको भारी वर्षाका कारण कार्यक्रम स्थलमा पानी जमेर समस्या भएपछि गृहमन्त्री गुरुङले व्यवस्थापन अवस्थाबारे जानकारी लिएका हुन्। हाल मोटरको प्रयोग गरी जमेको पानी निकाल्ने काम भइरहेको जनाइएको छ।

रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम आज दिउँसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले गर्ने तयारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *