वैदेशिक रोजगारी ठगीका ४० हजार मुद्दा डिजिटल प्रणालीमा लैजाने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । वैदेशिक रोजगारी ठगी सम्बन्धी पुराना मुद्दाहरूलाई डिजिटल अभिलेखीकरण गर्ने कार्य अघि बढाइएको छ।

वैदेशिक रोजगार विभागले २०६४ सालदेखि थन्किएका ४० हजारभन्दा बढी ठगीका मुद्दा विद्युतीय प्रणालीमा व्यवस्थित रूपमा अभिलेखीकरण गर्न थालेको हो। हालसम्म १० हजारभन्दा बढी मुद्दा स्क्यान गरी विवरण तयार गरिएको विभागले जनाएको छ।

विभागका अनुसार डिजिटल अभिलेखीकरणले अनुसन्धान प्रक्रिया सहज बनाउने र मुद्दा छिटो टुंग्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *