|
२०८३ जेष्ठ २४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका १३ मध्ये ९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
पार्टीका अनुसार चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन जारी छ भने सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको छ।
हालसम्म सम्पन्न अधिवेशनबाट विभिन्न जिल्लामा नयाँ नेतृत्व चयन गरिएको रास्वपाले जनाएको छ।
निर्वाचित सभापतिहरूमा काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल र सिन्धुलीमा अविनाश बस्नेत चयन भएका छन्।
त्यस्तै रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठक जिल्ला सभापति बनेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्